समाचार

वालिङको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागीबाट हुँदा पचास लाख क्षति

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाखको क्षति भएको छ ।

गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिए ।

सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन् । ‘सामन धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ’, सञ्चालक श्रेष्ठले भने, ‘आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ ।’

राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *