रिबन

एमालेमा इश्वर पाेखरेल र शंकर पाेखरेललाइ अेाली पक्षबाटै ‘काउन्टर अटयाक’

काठमाण्डाैं । नेकपा एमालेमा महाधिवेशन नजिकिदै जाँदा केपी अेाली पक्ष मै समस्या देखिन थालेकाे छ।

गाेदावरीमा विधान अधिवेशन गरेर फर्कंदा नै इश्वर पाेखरेललाइ वरिष्ठ उपाध्यक्ष वनाउने एक किसिमकाे भद्र सहमति थियाे।यहि सहमति पछि विधानमा नभएकाे वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएकाे थियाे।यहि सहमति अनुसार अध्यक्ष केपी अेाली र वरिष्ठ उपाध्यक्षमा इश्वर पाेखरेल भन्ने सहमति वनेकाे थियाे । तर,समय घर्किंदै जादा पाेखरेललाइ दिन दिनै नयाँ नयाँ चुनाैती आउन थालेका छन।

पाेखरेलाइ पार्टी कै अर्का वरिष्ठ नेता सुवास नेम्वाङले चुनाैती दिइसकेका छन।उनले उम्मेदवार वरिष्ठ उपाध्यक्षमा दिने भनेर चुनाैती थपिदिएका छन। पाेखरेललाइ चुनाैती नेम्वाङबाट मात्र हाेइन,केपी अेालीका खास भनिएका पात्रहरूबाट पनि हुन थालेका छन।एमालेका अर्का खराे नेता गाेकुल वास्काेटाले त सार्वजनिक रूपमा नै एमालेमा कसैलाइ पनि लिन प्याअेावादी हुन दिइन्न भनेर वाेलिदिएका छन।उनले एमाले अेालीकाे उत्तराधिकारी काेही नभएकाे पनि वताएका छन।उनले भनेका छन-याे महाराजकाे शासन हाे र उत्तराधिकारी हुनलाइ ? श्रेष्ठता र प्रतिस्पर्धाकाे आधामा नेतृत्व चयन हुन्छ।

वास्काेटाकाे याे भनाइले केपीकाे नजिक हुने र नेतृत्व हत्याउन काेशिश गर्नेलाइ कडा चुनाैती खडा भएकाे छ।

इश्वरलाइ जस्तै चुनाैती अर्का पाेखरेल शंकरलाइ पनि देखिएकाे छ।लुम्विनीमा मुख्यमन्त्री कुनै खास काम गर्न नसकेका पाेखरेललाइ यसपटक पार्टीकाे महासचिव वनाउने तयारी रहेकाे वुझिन्छ।तर उनलाइ ठाडाे चुनाैती भने पृथ्वीसुब्बा गुरूङले दिएका छन। गुरूङले पाेखरेललाइ महासचिव वनाए अरू सिनियर नेताहरू रिसाउने वताएका छन।एमालेकाे नवाैं महाधिवेशनमा पाेखरेल सचिव चुनिएका थिए भने उनी भन्दा माथि विष्णु पाैडेल र घनश्याम भुषाल उपमहासचिव चुनिएका थिए।

यति मात्र हाेइन,इश्वर पाेखरेलसंग झिनाे मतले हारेका सुरेन्द्र पाण्डे पनि अहिले एमालेमै छन।याे अवस्थामा पाेखरेललाइ महासचिव दिदा यी नेतालाइ कसरी ब्यवस्थापन गर्ने भन्ने गुरूङकाे प्रश्न छ।र,गुरूङ स्वयम पनि महासचिव वन्न चाहन्छन,जुन कुरा उनले केपी अेालीलाइ भेटेर वताइसकेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *