रिबन

उग्र कर्ण मल्लकाे महादेव यादवलाइ चेतावनी-डडेल्धुराकाे अधिवेशन नराेके काेही जिवित रहदैन

काठमाण्डाैं।प्रधानमन्त्री शेरवहादुर देउवाकाे गृह जिल्ला डडेल्धुराका सभापति कर्णवहादुर मल्लले नेपाली कांग्रेसकाे निर्वाचन समितिकाे प्रमुख महादेव यादवलाइ धम्क्याएका छन।

वुधवार पार्टी कार्यालयमा सानेपामा पुगेर निर्वाचन समितिका संयाेजकलाइ उनले डडेल्धुराकाे चुनाव स्थगीत नगरे कसैलाइ वाँकी नराख्ने चेतावनी दिएका छन।पार्टीका कार्यकर्ताकाे हुल वाेकेर गएका मल्लले यादवलाइ अनिर्णकाे वन्दी नवन्न र चुनाव स्थगीत गर्न भनेका थिए।सुरू देखि रिसाएका मल्लले निर्वाचन समितिका अन्य नेताहरूलाइ अन्तयन्त अभद्र ब्यवहार गरेका थिए।उनले मेराे कुरा सुन्नु नत्र भन्दै पटक पटक धम्क्याएका थिए।उनले यसाे भनेपछि मल्ललाइ पनि निर्वाचन समितिका सदस्यहरूले सचेत गराएका थिए। मल्लले यसपछि मैले धम्क्याएका हाेइन,अनुराेध गरेकाे भनेर पछि हटे तर सयाेजक यादवलाइ भने उनले काेही जिवित नरहने भनेर कडा धम्की दिए।

डडेल्धुराकाे अधिवेशनमा वल प्रयाेग भएकाे भन्दै मल्लले सभापति शेरवहादुर देउवा विरूद्ध अभिब्यक्ति दिदै आएका छन।डडेल्धुराकाे याे काण्डलाइ डा.शेखर काेइराला लगायतका केही नेताहरूकाे समर्थन छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *