खेलकुद

एथ्लेटिको, पोर्टाे र एसी मिलानले अन्तिम खेल कुर्नुपर्ने

काठमाडौं । स्पेनिस क्लब एथ्लेटिको मड्रिड इटालियन क्लब एसी मिलानसँग पराजित भएपछि समूह ‘बी’ बाट नक आउट चरणमा उपविजेताको रूपमा प्रवेश गर्न तिन क्लबको बाटो खुला भएको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टाेलाई २-०ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । पाँचौँ जित निकालेको इंग्लिस क्लब लिभरपुल १५ अंकका साथ शीर्षस्थानमा १० अंककाे अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनायो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे ।

समूह ‘बी’ कै अर्को खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्‍याे । मिलानको जितमा जुनियर मेसिएसले निर्णायक गोल गरे ।

मिलानको जितसँगै समूहमा पोर्टाे, मिलान र एथ्लेटिको तिनै क्लबको अर्काे चरण सम्भावना कायम रहेको छ । अब, अन्तिम खेलबाट नै समूहको उपविजेता टोलीको टुंगो लाग्नेछ । अन्तिम खेलमा लिभरपुलले एसी मिलानसँग खेल्दा एथ्लेटिकोले पोर्टाेसँग खेल्नेछ ।

जितपछि समूहमा १५ अंकसहित लिभरपुल पहिलो स्थानमा छ । पोर्टाे पाँच अंकसहित दोस्रो स्थानमा छ । समान चार अंक बनाएका मिलान र एथ्लेटिको क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *