शिक्षा / स्वास्थ्य

थप ३०८ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको ३०८ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१०४ र एन्टिजेन विधिबाट १८०५ जनामा परिक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप २९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५१६ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *