रिबन

डा.शेखरलाइ नराम्राे झडका,प्रचार संयाेजक महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाण्डाैं । डा.शेखर काेइरालालाइ नराम्राे झडका लागेकाे छ। काेइरालाकाे सचिवालयमा वसेर उनकाे प्रचार प्रसारकाे कामलाय सहजीकरण गरिरहेका पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमै मै पराजित भएपछि यसकाेधक्का डा.शेखरलाइ लागेकाे हाे।पुरञ्जनले डा.शेखरकाे प्यानलबाट केन्द्रिय सदस्य उठने तयारी गरेका थिए।

लामाे समय गिरिजाप्रसाद काेइरालकाे सल्लाहकार भएर काम गरेकाे पुरञ्जन पछिल्लाे समय लेखपढमा ब्यस्त थिए।तर,विहिवार माेरङकाे परिणाम उनकाे विपक्षमा आयाे।

महाधिवेशन प्रतिनिधिमा लडेका मध्ये उनकाे नाम २० नम्वरमा परेकाे वताइएकाे छ।

उनी चुनावकाेलागि भनेर लामाे समय देखि विराटनगरमा सक्रिय भएका थिए।राजनीतिबाट जागीर हुदै पुन राजनीतिमा फर्किएका पुरञ्जन हारेपछि यसकाे धक्का डा.शेखर काेइरालालाइ लागेकेा छ।उनले सचिवालयका सदस्यलाइ समेत गृहनगरबाट निर्वाचित गराउन नसकेकाे दाेष लागेकाेछ। यसबाट उनी महाधिवेशनमा निकै कमजाेर रहेकाे संकेत गएकाे छ।सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा कर्ण मल्ललाइ समर्थन गरेर देउवालाइ निचा देखाइरहेकाे काेइराला र उनी निकटका पराजित हुनुलाइ आन्तरिक राजनीतिक कमाल मानिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *