अर्थ

जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्ला।जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दार्ता गरेको जानकारी दिइयाे ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा मात्रै एक हजार ७६ वटा नयाँ उद्योग दर्ता थिए । घरेलु तथा साना उद्योगको स्थापनाकालदेखि २०७६-७७ सम्म दुई हजार एक स १२ वटा मात्रै उद्योग दर्ता भएका थिए। तर २०७७-७८ भित्र अर्थात् एक वर्षमै यहाँ तीन हजार पाँच सय नयाँ उद्योग थपिएका छन । जिल्लामा अहिले उद्योग संख्या तीन हजार पाँच सय पुगेको छ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा तीन हजार पाँच सय नयाँ उद्योग दर्ता हुनु राम्रो पक्ष भए पनि सञ्चालनमा नआउनु दुखद पक्ष भएकाे जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई बताउँछन्ए । अनुदानकै लािग प्रयोग गरेर थन्काउनु गलत भएकाे उनकाे भनाइ छ ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख पदम न्यौपानेले जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित रहेकाे उल्लेख गरे । ‘अधिकांशले कृषि क्षेत्रमा उद्योग स्थापना गर्नेगरी अनुमति लिएका हुन्, सरकारी अनुदान र सहुलियतपूर्ण कृषि कर्जा पाउने आशामा धेरै उद्योग दर्ता भएको पाइएको छ,’ न्यौपाने भन्छन्, ‘उद्योग दर्ता भएर व्यवसाय सञ्चालन हुनु राम्रो कुरा हो। तर, जुम्लामा निर्वाहमुखी कृषि, नाफामुखी र व्यवसायी बन्न उद्योग दर्ता भएको देखिएन। सरकारी सुविधा दुरुपयोग गरी निकै विडम्बनापूर्ण अवस्था निम्त्याइएको पाइयो।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *