शिक्षा / स्वास्थ्य

२७० जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ८२९ जनामा पीसीआर परीक्षण गरिएकोमा २४२ जनामा र २ हजार ६१७ जनामा एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *