
काठमाण्डाैं । नेकपा एमालेकाे महाधिवेशन अन्तत चुनाव नै हुने भएपछि अब उम्मेदवारबाट शुल्क उठाउन थालिएकाे छ। भरेराती ९ बजे चुनाव हुने भएपनि विहान ९ बजे देखि उम्मेदवारी दर्ता गरिएकाे थियाे।
उम्मेदवारी दर्ता गर्दा अध्यक्षकाे उम्मेदवारले १५ हजार रूपैयाँ शुल्क वुझाएका छन।यस्तै,पार्टीकाे पदाधिकारीमा उठने उम्मेदवारले भने दस हजार रूपैया शुल्क वापत वुझाउनुपर्नेछ।
यता,केन्द्रिय सदस्य पदकाेलागि भने ५ हजार रूपैया शुल्क ताेकिएकाे छ।
मंसिरकाे १० देखि १२ गतेसम्म महाधिवेशन भनेर चितवनकाे साैराहका हाेटल वुक गरेकाे एमालेले थप दुइ दिन महाधिवेशन लम्ब्याएकाे छ।अहिलेकाे तालिका अनुसार १३ गते चुनाव हुनेछ भने यसकाे परिणाम १४ गते मात्र सार्वजनिक हुनेछ।