राजनीति

यस कारण हारिन् प्रदेशसभा सदस्य वाग्ले

नेपाली कांग्रेसको आसन्न १४ औं अधिवेशनका लागि महाधिवेसन प्रतिनिधमा उमेदवारी दिएकी बाग्मती प्रदेश सभा सदस्य गीता वाग्ले पराजित भइन् । चितवनको क्षेत्र नम्बर २ बाट खुल्ला महिला तर्फका उमेदवार दिएकी वाग्लेले २ सय ६८ मत मात्र पाइन् ।

स्पष्ट वक्ता, आध्यात्मिक व्यक्तिका रुपमा परिचित उन बिकास निर्माणका लागि मरिमेटेर काम गर्ने नेताकाे रुपमा उनी परिचित छन् । चितवनका मात्र नभई देशभरीकै विपन्न तथा दिनदुखीलाई स्वस्फूर्त सहयोग गर्ने मनकी धनी हुन् । विभिन्न सामाजिक कार्यमा उल्लेखनिय योगदान पुयाएकी उनलाई चुनावमा धेरैले तारो बनाए ।

१.खस्रो बोली
उन खस्रो बोल्ने नेताका रुपमा सबै माझ चिनिन्छन् । तर चुनावका बेला चिल्लो बोलीले मात्र मन पगाल्ने तर्फ उनको ध्यान पुग्नै सकेन ।

२. पार्टीमा देखिएको खेमा
केन्द्रमा जस्तै चितवन काँग्रेसमा पनि विभिन्न खेमाहरु देखिएकाछन् । उनले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर दुई मा पनि क्षेत्रिय अधिवेशनमा प्रष्ट रुपमा विभिन्न खेमा देखिए । उनले पनि नगर अधिवेशन देखिनै एक खेमाको प्रतिनिधित्व गरेकी थिइन । सो क्रममा कसैलाई यो पदमा उठ कसैलाई यो पटकलाई बस भनेकै कारण उनकै खेमाका केहीको मन चिढिएिको थियो । जसले नतिजा नै प्रभावित बनाइदियो ।

३. फितलो चुनावी अभियान
प्रचारप्रसारलाई चुनाव जित्ने रणनितिका रुपमा पनि लिइन्छ । तर उनी यसमा चुकिन । आफ्ना लागि मत माग्दै नमागी अरुलाई जिताउने अभियानमा खटिएका देखियो । तर उनको प्रचारमा खटिनेहरु निर्वाचन स्थलमा समेत खासै देखिएनन् । त्यसो त संभ्रान्त परिवारको पृष्ठभूमिले चिनिदै आएकी वाग्लेलाई चुनावकै समयमा भने परिवार सदस्यले साथ दिनसक्ने अवस्था रहेन । उनका श्रीमान साहित्यकार श्रीभक्त अच्यूच वाग्ले केही वर्षदेखि अस्वस्थ छन् ।छोरा बुहारी विदेशमा छन् । छोरी एनआरएनका पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा पनि अष्टेलियाबाट चुनावको दिन मतदान हुदै गर्दा मात्र आपुगिन ।

उमेरले ७० लागेएकी उनले सुरुबाटै यो आफ्नो अन्तिम चुनावी चटारो रहने दावी गर्दै आएकी थिइन् । उनको हारलाई काँग्रेसीले मात्र नभई अन्य दल निकटले समेत अनौठो र अप्रत्याशित मानेका छन् । नेपाली काँग्रेसले वाग्ले जस्तो इमान्दार, निष्ठावान नेता चुन्न नसकेकोमा पछिसम्म पछुताउने प्रतिक्रिया आउन थाली सकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *