समाचार

एकैदिन १० सचिवको सरुवा

काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् १० जना सचिवको सरुवा गरेको हो । पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरेर शिक्षा मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको सरुवा भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। श्रममा भने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीको सरुवा भएको छ ।

शहरी विकास मन्त्रालयका सचिव रमेश सिंह अतिरिक्त समुहमा, ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालय, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग सरुवा गरेको सरकारले प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *