रिबन

एमाले अधिवेशन : मतदानको प्रक्रिया प्रभावित, उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेन

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको छ ।

एमालेको निर्वाचन आयोगले सोमबार बेलुका ९ बजेटबाट मतदान शुरु गर्ने भनेको भएपनि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन नै नभएका कारणले तोकिएको समयमा मतदान शुरु नहुने निश्चित भएको हो ।

आयोगले सोमबार मध्यरातबाट मतदान शुरु गरेर बिहान ३ बजेसम्म चुनाव सक्ने भनेको भएपनि सहमतिको प्रयास भइरहेको भन्दै प्रक्रिया शुरु गर्न ढिलाई गरेको हो ।

अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलका बिचमा प्रतिस्पर्धा हुने र उपाध्यक्ष र सचिवका लागि समेत चुनाव गर्ने तयारी छ । तर केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरुलाई सहमतिमा ल्याउने प्रयास भइरहेका कारण चुनावको तालिका प्रभावित भएको नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *