राजनीति

एमाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमै हुने

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ ।

हाल नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *