राजनीति

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण गर्न आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरे । ‘समावेशी, समानुपातिक प्रतिनिधित्व हुने गरी बनेको संविधानले संस्कृतिकर्मीको हक र अधिकारलाई समेट्न सकेको छैन, कलाकर्मीको हक, अधिकार, सम्मान र प्रतिनिधित्वका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको हुँ,’ उनले भने ।

उनले सहमति, सहकार्य, एकता र मेलमिलापलाई शिरोपर गर्दै गुटउपगुट, घात, अन्तर्घात, जालझेल–षड्यन्त्रलाई अन्त्य गर्दै हिमाल, पहाड र तराईको ‘संयोजक कांग्रेस’ निर्माण गर्न सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिन लागेको बताए ।

केन्द्रीय सदस्य पदमा घोषणा गरेका अध्यक्ष थापा काँग्रेसको क्षेत्रीय अधिवेशनमा लमजुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *