शिक्षा / स्वास्थ्य

नेपालमा थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप ल्याइयो

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६० लाख डोज खोप मध्येको पहिलो खेप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ ल्याएको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने भनेको ६० लाखमध्येको पहिलो खेप आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए । थप दुई खेप खोप यसै साता ल्याइने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *