शिक्षा / स्वास्थ्य

चीनमा १०६ वर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

बेइजिङ । चीनमा १०६ वर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्मका सबै भन्दा वृद्ध हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड-१९ खोपको ५० करोड डोज दिइएको छ।

चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन् ।

साठी वर्ष भन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८९५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *