मनोरञ्जन

प्रविशा र अनन्तको ‘सानो कुरामा’

काठमाडौं । प्रविशा अधिकारी र अनन्त केसीको स्वरमा रहेको ‘सानो कुरामा’बोलको गीत सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यो गीत प्रकाश केसीले लेखेका हुन् ।

गीतको भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् । परिवारमा आएको विभाजन र संयोजनलाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोमा जीबी चिरन र रोशनी कार्कीले अभिनय गरेका छन् ।

अनन्तको यो पहिलो रेकर्डेड गीत हो । यो गीतमा आफूले धेरै मिहिनेत गरेको र यसबाट धेरै आशावादी रहेको पनि उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *