रिबन

मध्यरातमा राप्रपा कार्यालयमा कसले गरयाे वदमासी ?

काठमाण्डाैं । महाधिवेशन सुरू हुनु अघिकाे रात राप्रपा कार्यायमा हंगामा भएकाे छ।वुधवारबाट सुरू हुने राप्रपाकाे महाधिवेशनमा प्रतिनिधिधकाे नामावली चयन सकिएकाे थियाे तर अचानक मध्यरातमा ढाेका खाेलेर प्रतिनिधि हेरफेर गरिएकाे छ।राप्रपा स्राेतका अनुसार,वाहिरबाट कम्प्युटर अपरेटर लगेर नामावली हेरफेर गरिएकाे छ।

राप्रपाकाे अधिवेशनमा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन उठेका छन।यी दुइ उम्मेदवार मध्ये लिङदेनलाइ डा.प्रकाशचन्द्र लाेहनीकाे साथ रहेकाे छ।थापा भने परम्परागत मतबाट चुनाव जित्ने ध्याउन्नमा छन। राप्रपाबाट संसदकाे चुनाव जित्ने एक मात्र उम्मेदवार लिङदेन वलियाे भएकाे अनुभुति भएपछि थापा पक्षले मतदाताकाे नामावली हेरफेर गरिएकाे भन्दै लिङदेन पक्षले मध्यरातमा नै पार्टी कार्यालय पुगेर नारावाजी गरेकाे थियाे।यसक्रममा झडप भएकाे पनि वताइएकाे छ।

राप्रपा नेता दिलनाथ गिरिले पार्टी कार्यालयमा झडप भएकाे खुलासा गरेका छन।उनले यसलाइ पुष्टि गर्दै कमल थापा पक्षले वदमाशी गरेकाे वताएका छन।उनले लिङदेन वलियाे भएकाे थाह पाएपछि थापा पक्षले वदमाशी गरेकाे वताएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *