अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा बुधबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । सोमबार र मंगलबार सुन १/१ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *