समाचार

एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका भगलु सदाको मृत्यु

सप्तरी।चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी चितवन गएका थिए।

भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।

महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए।

´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विराेध गरेपछि राेकियाे,’ उनका छिमेकीले भने ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *