
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी हुन् ।
यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी भएका हुन् ।
