समाचार

स्पेन गएका सभामुख बिहिबार स्वदेश फर्कदै

काठमाडौं । अन्तर व्यवस्पापिका संघ (आइपियु)को १४३ औं सम्मेलनमा सहभागी हुन स्पेन पुगेका सभामुख अग्नि सापकोटा बिहिबार स्वदेश फिर्ता हुने भएका छन् ।

सभामुख सापकोटाको सचिवालयका अनुसार उनी बिहिबार बिहान स्वेदश फर्कन लागेका हुन् । स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आई पि यु सभालाई सम्बोधन गरेका थिए । उनले २८ नोभेम्बर मै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *