शिक्षा / स्वास्थ्य

नेपालमा पहिलो पटक आउँदै मोर्डना खोप

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त खोप नेपालमा पहिलो पटक ल्याउन लागेको हो ।

माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भन्डारण गर्नुपर्ने मोर्डना खोप १२ देखि १८ वर्षका किशोरकिशोरीलाई प्रभावकारी देखिएको अन्तर्राष्ट्रिय अभ्यासानुसार देखिएको छ । सो खोप नेपालमा कुन उमेर समूहलाई दिने भन्ने टुंगो भने अझै लागिनसकेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जनाएको छ ।

समयअनुसार नै परिवर्तन भइरहने कोरोना भाइरसको नयाँ नयाँ भेरियन्ट देखिने गरेको छ । आठ दिन अघि मात्रै दक्षिण अफ्रिकामा नयाँ भेरियन्टको भाइरस भेटिएको थियो । जसलाई ओमिक्रोन नाम दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *