रिबन

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंसीर २८ गतेका लागि अधिवेशन आहुवान गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गरेकी हुन् ।

यसअघि बुधबारमात्रै सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो । आगामी अधिवेशनमा सरकारले जारी गरेका अध्यादेश समेत टेवल हुनेछन् । यसअघिको संसद अधिवेशनका सबै बैठक नेकपा एमालेले अवरुद्ध गर्दै आएको थियो । एमालेको अवरोधका कारण सरकारले बजेट समेत समयमै पारित गर्न सकेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *