समाचार

युरेनियमजस्तो टल्किने पदार्थसहित तिनजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाले युरेनियमजस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ ।

बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित ३ जना पक्राउ परेका हुन् ।

काठमाडौंको मनमैजू बस्ने नुवाकोट बिदुर नगरपालिका–६ घर भएका प्रदीप घिमिरे, काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका–२ का राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकिलो २ करोडका दरले किनबेच हुन लागेको जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *