समाचार

राप्रपा महाधिवेशन : प्रतिनिधिको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिहरुको सूची सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले बिहीबार राति ४ हजार ४ सय ७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिको सूचि सार्वजनिक भएपछि अब शुक्रबार बिहान साढे ७ बजेदेखि मनोनयन दर्ता हुनेछ । तालिकाअनुसार उम्मेदवारीमाथि दावी विरोध, उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी गरेर शनिबार मतदान हुनेछ । यसअघि राप्रपाले शुक्रबार मतदान गर्ने तयारी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *