समाचार

माओवादीले विधान संशाेधन गर्ने, देव गुरूङलाइ संयाेजककाे जिम्मेवारी

काठमाण्डाैं । नेकपा माओवादी केन्द्रले पार्टी विधान परिमार्जन गर्ने भएकाे छ । शुक्रवार वसेकाे पार्टीकाे स्थायी कमिटी वैठकले देव गुरूङलाइ संयाेजककाे जिम्मेवारी दिएकाे छ।उनकाे कमिटीमा ५ सदस्य रहेका छन।

कार्यदलको सदस्यमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मंसिर २५ गतेसम्म कार्यदलले विधान मस्यौदा प्रस्ताव गर्ने जानकारी दिए ।

बैठकले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन समेत गरेको छ । बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको प्रवक्ता महराले जानकारी दिए । केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको महराको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *