कला/साहित्य

सेडोका कविता

१,
भिरालो बाटो
दौडेर अधि बढ्दा
लडेर चोट खेप्दै ।
चिप्लेको मन
अत्तालिँदै उफ्रिँदा
गल्ती बन्यो अभ्यास ।

२,
साक्षी राखेर
लगन गाँठो कस्दा
समयले जिस्क्यायो ।
मिलेको मन
आत्मीयता जोडिँदा
ढिक्का बनेको गाँठो ।

३,
फुर्सद हुँदा
अस्थिर समयमा
रमेको व्यर्थ भयो ।
स्वतन्त्र दिन
सोचाइ नै उल्टेको
अल्छी बन्यो जाँगर ।

४,
हाँसखेलमा
ख्यालठ्टा गरिँदा
चित्त दु:खेको मन ।
सधैं जसो नै
गरिएको मजाक
परिवन्द आफैँमा ।

५,
दुस्मन बन्दै
युद्ध भूमीमा भिड्दा
हार खाँदै लडेको ।
मित्रता सम्झी
दु:ख सुख कोचिँदा
बसभित्र साटेको ।

६,
छोटो जीवन
घमण्डै घमण्डमा
हाँसेर बिताउला ।
पाहुना बन्दै
सुखमा रमेर नै
जिउने कला सिक्दै ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *