कला/साहित्य

पहिचान

कसैले कसैलाई पोख्नु नपरोस् आक्रोश
तन्काएर शरीर बिर्सिएर आफैंलाई
फुलाएर नसा खुलाएर छाती
कसैको दिलमा किन भैरहोस् अनिष्ट प्रवेश ?
तापाग्नि आत्मा लग्लगाएको शरीर
पसिना कढाउने नहोस् कदापि अधीर
लर्बराएको बोली बर्बराएको मान्छे
पाकेको अन्नमाथिको असिना नबनोस् !
कसैको मर्मस्थलमा नगरोस् प्रहार
किन होस् व्यग्र अस्मिता असभ्यताको !
नहोस् प्रदर्शन उद्दण्डताको
टन्टलापुर दिनमा बदली नफलोस्
भित्रैदेखि उर्लिएको आवेग
सम्बन्ध नभत्काउने बनोस् सलामत
आत्म संयम लच्काउने आत्म वञ्चना नहोस् !
नठड्याऊन् कसैले कान
नघटाऊन् कसैको मान
सुन्दर परिवेश खल्बल्याउने नहोऊन् !
किन पो हुनुपरोस् यहाँ कोही उग्रमान ?
सानदार सुधाकर बनाउने हो भने आफूलाई
बिरसिलो अस्वस्थको नदेखियोस् पहिचान्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *