खेलकुद

रोहितको निर्णायक गोलमा पर्सिजाको जित

काठमाडौं । नेपाल राष्ट्रिय टिमका सदस्य रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जकार्ताले पाँचौं जित निकालेको छ ।

शुक्रवार भएको इन्डोनेसियाको लिग वानको खेलमा जाकर्ताले तिरा पेर्सिकाबोलाई १-० गोल अन्तरले हराएको हो ।

जकार्ताको जितमा नेपाली खेलाडी रोहित चन्दले निर्णायक गोल गरे । उनले खेलको ५०औं मिनेटमा काउण्टरमा अगाडी बढ्दै गोल गरेका थिए ।

जितसँगै जाकर्ताले १५ खेलमा २१ अंक जोड्दै नवौं स्थानमा रहेको छ । पेर्सिकाबो १५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *