रिबन

पौडेल समुहको सकस : प्रकाशमान पुरै आउट,पौडेलको अलग रणनीति

काठमाण्डौं । रामचन्द्र पौडेल समुह भनेर चिनिएपनि अन्तत प्रकाशमान सिह यो समुहबाट अव भने पुरै आउट भएका छन । खासमा पौडेल समुहमा कोइराला र सिह परिवार पनि जोडिएका छन । तर,पछिल्ला दिनमा रामचन्द्र पौडेल विरुद्ध अभिब्यक्ति दिदै अलग समुह निर्माण गर्दै हिडेका प्रकाशमान सिह अव पुन जोडिने अवस्था भने हटेको छ ।
१४ औं महाधिवेशनमा सभपति पदमा शेरवहादुर देउवासंग भिडन पौडेल समुहमा अहिले पनि जोडतोडसंग वैठक चलिरहेको छ । यो समुहमा डा.शशांक कोइरालालाइ वसाउने र डा.शेखरलाइ अघि वढाउने कोशिश जारी छ । पार्टी महामन्त्री हुदा शशांकले खास भुमिका खेल्न नसकेको भन्दै उनलाइ अबको महाधिवेशनमा उम्मेदवार नै हुन नदिने तयारी पौडेल समुहमा छ । कोइराला परिवारमा शशांकलाइ म्यानेज गर्न सकिन्छ भन्ने वुझाइ छ ।तर,पछिल्लो पटक शशांकलाइ राखेर शेखरलाइ उम्मेदवार वनाउन खोज्दा शशांकका स्वकिय सचि भरत तिवारीले गडवडी गरेको भन्दै यसपटक यस्तो हुन नदिने र शशांकलाइ वसाउने तयारी चलिरहेको छ । तर,यति गर्दा पनि रामचन्द्र पौडेललाइ के गर्ने भन्ने सवाल खडा भएको छ । डा.शेखरले पौडेललाइ अवको राष्ट्रपतिको उम्मेदवार भनेर पास फयाकेका छन । पौडेल समुहमा अब सवैलाइ समेटने तर प्रकाशमान सिहलाइ भने नसमेटने रणनीति वनेको छ । प्रकाशमान सिह पौडेल समुहबाट वाहिरिदा सभपतिका उम्मेदवार नै हुन । पौडेल समुह फुटाउने र दुइ वा सो भन्दा वढी उम्मेदवार खडा गरेर एकैपटक चुनाव जित्ने दाउमा सभापति शेरवहादुर देउवा देखिन्छन । एकातिर कोइराला परिवारमा कुरा नमिल्नु,अर्कोतिर प्रकाशमान सिह वाहिरिनुले पौडेल समुहमा एक्लो उम्मेदवार वनाउने सम्भावना कम छ तर यहि सहमति हुन नसक्दा देउवासंग भिडने आफुलाइ वनाउछन भन्ने आशमा पौडेल रहेका छन । प्रदेशको प्रतिनिधि र पदाधिकारी चयन भएपछि कसको क्षमता र शक्ति कति भनेर मुल्यांकन गर्दै उम्मेदवारी घोषणा गर्ने तहमा पौडेल समुह छ । तर,अहिलेकै हिसावले जादा पौडेल समुहमा कोइराला समुहमा सहमति भएको खण्डमा कम्तिमा पनि स्वयम रामचन्द्र पौडेल,डा.शेखर कोइराला र प्रकाशमान सिह सभापतिका उम्मेदवार देखिन्छन । तर कोइराला परिवारमा सहमति नभएको खण्डमा स्वयम सुजाता कोइराला देउवासंग मिल्न सक्ने सम्भावना पनि वढी देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *