रिबन

मुख्य समाचार : कांग्रेस प्रदेश अधिवेशन सकियो, राप्रपाको अधिवेशन समेत अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएको छ । प्रदेश कार्यसमिति चयनका लागि भएको चुनाव समेत सकिएको छ । प्रदेश नम्बर दुईबाहेकका अन्य प्रदेशमा चुनाव सम्पन्न भएको छ । भने गण्डकी र लुम्बिनिमा मतगणना समेत शुरु भएको छ । प्रदेश नम्बर एकमा भने आइतबारमात्रै मतगणना शुरु हुने भएको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान शुरु भएको मतदान मध्यरातसम्म लम्बिने भएको छ । ४ हजार ७ सय बढि प्रतिनिधि रहेको राप्रपाको मतदान नै मध्यरातसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । समिति सदस्य राजु बस्नेतका अनुसार मतदान सकिएपछि तत्कालै मतगणना शुरु हुनेछ । राप्रपाको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा र वर्तमान महामन्त्री राजेन्द्र लिङ्देनका बिचमा प्रतिस्पर्धा भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाउने वा नलगाउने भन्ने निर्णय दलहरुका बिचमा सहमति भएपछि मात्रै टुंगो लाग्ने बताएका छन् । माओवादी निकटको पत्रकार संगठनको सम्मेलन उद्घाटन गर्नका लागि चितवन पुगेका अध्यक्ष प्रचण्डले एमसीसी पारित हुने वा नहुने भन्ने विषय समेत दलहरुको सहमतिपछि मात्रै थाहा हुने बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलन नेतृ तथा समाजसेवी भद्राकुमारी घलेसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीले घले निवासमै पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । ९० वर्ष उमेर पार गरेकी घलेले अध्यक्ष ओलीसँग भेट गर्न चाहेको बताइएको थियो ।

नेकपा एकिृकत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनमतको अपमान गर्ने केपी ओलीलाई चुनावपछि जनताले देखाइदिने बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा कार्यकर्ता भेलामा अध्यक्ष नेपालले चुनावपछि एमालेलाई लाइट बलेर खोज्नुपर्ने पनि बताए । ओलीले दुई पटक संसद विघटन गरेकाले बहुमत जनता एमालेको विपक्षमा रहेको समेत अध्यक्ष नेपालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *