राजनीति

कांग्रेस सुदूरपश्चिम सभापतिमा बलायरको जीत सुनिश्चित

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ ।

प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७ मत गणना गर्न बाँकी रहदा बलायर ३७९ मत अन्तरसहित अगाडी छन् ।

९१० मत गणना हुँदा संस्थापन पक्षका बलायरले ६ सय ३९ मत पाएका छन् भने, इतर पक्षका मिश्रले २५० मत पाएका छन् । यसैगरी उपसभापतिमामा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जीत सुनिश्चित बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *