शिक्षा / स्वास्थ्य

कोरोना संक्रमित भन्दा दोब्बर बढी निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ९९५ र एन्टिजेन विधिबाट २ हजार ७५१ जनामा परिक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार ५९२ र एन्टिजेनबाट ९५ हजार ५९२ जना पुगेको छ ।

यस्तै, आज थप ४३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ५४४ जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५४१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *