समाचार

लुम्बिनी कांग्रेस सभापतिमा पौडेल निकट पुनको अग्रता

बुटवल।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको मत परिणाम आउने क्रम जारी छ । आइतबार दिउँसो ४ बजेसम्म तीन सय ६५ मत गन्दा संस्थापन इतर समूहका अमरसिंह पुनले अग्रता लिएका छन् । उनले दुई सय १६ मत पाएका छन् ।

संस्थापन पक्षका भरतकुमार शाहले एक सय ४७ मत पाएका छन् । उनी पुनभन्दा ६९ मतले पछि छन् ।

उपसभापतिमा अष्टभुजा पाठक २०४, भुवन श्रेष्ठ २०८, राजु खनाल १५६, सुधाकर पाण्डे १२०, महामन्त्रीमा विक्रम खनाल २१७, सुरेन्द्रराज आचार्य २११, जन्मजय तिमिल्सिना १२७ र खिमानसिंह रायमाझी १२४, सहमहामन्त्रीमा विष्णु मुस्कान २१७, निमा गिरी १९७, खगराज पाण्डे १९१, माया पुन १४२, सरिता चौधरी १३२ र लक्ष्मीनारायण शाह १३१ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *