खेलकुद

‘ए’ डिभिजन लिग फुटबल : आर्मीको पहिलो जीत

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।

आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो ।

आर्मीका लागि कप्तान भरत खवासले गोल गरेका हुन् । खेलको ८५ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । जितसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *