समाचार

कांग्रेस अधिवेशन : बाग्मतीमा वानियाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिका लागि भएको चुनावमा इन्द्र वानियाले अग्रता कायमै राखेका छन् ।

हेटौंडामा जारी मतगणनामा वानियाले अग्रता कायमै राखेका हुन् । १००५ मत गणना हुँदा बानियाँले ५२६ मत प्राप्त गरेका छन् ।

प्रतिद्वन्द्वी जगदीश्वरनरसिंह केसीले ४७० मत पाएका छन् । बानियाँ केसीभन्दा ५६ मतले अगाडि छन् । वानिया सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने केसी भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *