विश्व

भारतीय सेना प्रमुख विपिन रावतलाई अस्पताल लगियो

एजेन्सी । भारतको तमिलनाडु राज्यको कन्नूरको जंगलमा बुधबार आर्मीको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको यो दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । जसमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित सेनाका १४ अधिकारी सवार थिए । हालसम्म घटनास्थलबाट ४ जनाको शव निकालिएको छ ।

दैनिक भास्करका अनुसार दुर्घटना भएको करिब एक घण्टापछि जनरल रावतलाई अस्पताल लगिएको जानकारी दिइएको छ । तर, उनको अवस्थाबारे आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । यस दुर्घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिइएको छ। रक्षामन्त्री राजनाथ सिंहले केही समयपछि संसदमा दुर्घटनाबारे बयान दिनेछन्। जनरल विपिन रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *