रिबन

राप्रपाको पहिलो बैठकमा कमल थापाका लागि राखिएको कुर्सी खाली

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पहिलो केन्द्रीय कमिटी बैठकलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका थिए । पार्टीको एकता महाधिवेशनमा निर्मल निकासको हस्तक्षेप भएको र त्यसको छानबिन गर्न माग गर्दै थापाले बैठक बहिस्कार गरे ।

तर,थापाले बैठक बहिस्कार गरे पनि उनी बस्ने गरी कुर्सीको व्यवस्था भने मिलाइएको थियो । उनी बैठकमा सहभागी नभए पनि कुर्सी भने छुट्याइएको थियो । थापा अनुपस्थित भएकै कारण नेताहरू बस्ने रोमा थापाका लागि राखिएको कुर्सी खाली छोडिएको छ ।

थापाका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसँगै कुर्सीको व्यवस्था गरेको तस्बिरमा देखिन्छ । तर निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने अध्यक्ष लिङ्देनको दायाँतर्फ बसेका छन् ।

थापाका लागि भने लिङदेनको बायाँतर्फ कुर्सी राखिए पनि खाली रहेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *