
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्यकर्मीहरु बिरामी मार्फत कनट्र्याक्ट ट्रेसिङमा परेका थिए । चिकित्सकहरु कोरोना सङ्क्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालमा अहिले ३५ जनाभन्दा बढी कोरोना सङ्क्रमित उपचाररत रहेका छन् ।