
काठमाडौं । नेपालस्थित चिनिया राजदुतावासले नेपाल–चीन सिमा विवाद नरहेको दोहोर्याएको छ । दुतावासले विज्ञप्ती जारी गर्दै नेपाल–चीन सिमा विवाद सन् १९६० मै समाधान भइसकेको र अहिले कुनै समस्या नरहेको दोहोर्याएको हो ।
सिमा विवादका बारेमा अध्ययन गर्न नेपालले अध्ययन समिति बनाएको र दुई देशका अधिकारीहरुका बिचमा निरन्तर संवाद भइरहेको समेत दुतावासले बताएको छ । कोरोना नियन्त्रणका लागि नेपाललाई चीनले निरन्तर सहयोग गरिरहेको र सहयोग जारी राख्ने समेत विज्ञप्तीमा जनाइएको छ ।
नेपाल–चीन नाका बन्द नगरेको भन्दै दुतावासले कोरोना महामारीका कारण अहिले संसारभर नै आवागमनमा केही असहजता रहेको भएपनि दुई देश मिलेर कोरोना नियन्त्रणमा काम गर्ने प्रतिवद्धता समेत दुतवासले व्यक्त गरेको हो ।