शिक्षा / स्वास्थ्य

थप ५०८७ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४२०४ र एन्टीजेन परिक्षणबाट ८८३ गरि कुल ५०८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.५ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले ११५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३४७४ पिसिआर र ७०८६ नमुना एन्टीजेन परिक्षण गरि कुल २०५६० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २३५ पुगेका छन् । त्यस्तै आइसीयुमा १११ जना छन् भने देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।त्यस्तै संस्थागत आइसोलेसनमा ९४४ जना छन् भने होम आइसोलेसनमा १७ हजार २९१ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *