
काठमाण्डौं । आइतवार विहान १४ टनको राहत सामाग्री वोकेर गएको परराष्ट्रमन्त्री डा.नारायण खडकाको टिम फर्किएको छ । अभावलेग्रस्त अफगानस्तानमा राहत सामाग्री वोकेर गएको नेपाली टोली राहत सामाग्री हस्तान्तरण गरेर तुरुन्तै फर्किएको हो । आजै विहान अफगानस्तान गएको टोलीले राहत सामाग्री हस्तान्तरण गरेर फर्किएको छ ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा टोलीले आइतबार बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरेको हो।
हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको थियो।