
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका २५ जना बढी संघीय सांसद कोरोना संक्रमित भएका छन् ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रियसभाका २५ जना बढी सांसद कोरोना संक्रमित भएका हुन् ।
संसद सचिवालयकै ७ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै सभाको बैठक स्थगित भएको छ ।