अर्थ

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार तोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *