
काठमाडौं । करिब डेढ दर्जन होटल व्यवसायीले प्रदेश २ को राजधानी जनकपुरधाम भए सांसदहरुलाई बास बस्न र खानामा छुट दिने घोषणा गरेका छन् । प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा प्रदेशसभामा छलफल भइरहँदा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघ, होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले संयुक्त विज्ञप्ती जारी गर्दै प्रदेशसभा सदस्यहरुलाई लजिङमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।
होटल सीताशरण, बेलकम, मानकी, सिटी पार्क, राजदरबार, रामजानकी, अन्नपूर्णा, सीता प्यालेश, वृन्दाव, शुभम् राजघराना, आनन्द, सिटी स्टार, रामा तथा परफेक्ट होटलले प्रदेशसभा सदस्यहरुलाई खाना र बस्नका लागि छुटको व्यवस्था गरेको हो ।