
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। हाल प्रदेश नं. १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । त्यस्तै तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा, देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना सँगै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ ।