रिबन

मुख्य समाचार : विजुली गतिमा बढ्दै कोरोना संक्रमण, खोपकार्ड नभए बाटोमा हिड्न समेत नपाइने

काठमाडौं । सत्तारुढ दलका नेताहरु तोकिएको मितिमै स्थानीय तहको चुनाव गर्न सहमत बनेका छन् । आज बसेको सत्तारुढ दलले बनाएको उच्चस्तरिय राजनीतिक समन्वय समितिको बैठकमा नेताहरु तोकिएको मितिमा स्थानीय तहको चुनाव गर्न सहमत बनेका हुन् । सरकारले अहिलेसम्म स्थानीय तहको चुनावको मिति भने घोषणा गरिसकेको छैन । निर्वाचन आयोगले आगामी बैशाखमा दुई चरणमा चुनाव गर्न मिति प्रस्ताव गरेको छ ।

नेपालमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् । २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप अभियान चलाउनका लागि सरकारले बन्द रहेका विद्यालयहरु ४ दिनका लागि खोल्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सम्वद्ध सुरक्षा निकायसहित बसेको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयहरु खोल्ने निर्णय गरेको हो । स्कूलहरु खुला गरेर चारदिनसम्म विद्यालयमा खोप अभियान चलाउने निर्णय भएको हो ।
अब सार्वजनिक स्थानमा हिँडडुल गर्दा पनि खोपकार्ड देखाउनुपर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो । यसअघि उपत्याकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले समेत माघ ७ गतेपछि सार्वजनिक सवारी चढ्दा खोपकार्ड देखाउनुपर्ने नियम लागू गरेको थियो ।

मधेश प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाएको विरोधमा विरगञ्जमा प्रदर्शन भएको छ । मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्ला पर्सामा भएको प्रदर्शनमा सहभागीहरुले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेका छन् ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा शुरु भएको प्रशिक्षणमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बोलाएपनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *