रिबन

आगामी बैशाखमा स्थानीय तहको चुनाव नहुने संकेत, ऐन संसोधन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्थानीय तह चुनावसम्बन्धी ऐन नै संसोधन गर्ने तयारी शुरु गरेको छ ।

संविधान र ऐन बाझिएको देखिएको भन्दै ऐन संसोधन गर्ने तयारी शुरु गरेको हो । आज कानून व्यवसायीहरुसँग निर्वाचनसम्बन्धी कानूनका बारेमा छलफल गरेको सरकारले ऐन संसोधन गर्न विज्ञले सुझाव दिएका थिए ।

संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल ५ वर्षको हुने व्यवस्था रहेको र आगामी बैशाखमा चुनाव गर्दा कतिपय जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुरा गर्न नपाउने देखिएको र चुनावसम्बन्धी कानून संविधानसँग बाझिएको देखिएका कारणले संसोधनको आवश्यकता देखिएको सरकारले बोलाएको छलफलमा सहभागी भएका पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठले जानकारी दिए ।

उनले संविधानसँग बाझिने कानून स्वतः खारेज हुने व्यवस्था संविधानमै रहेको भन्दै चुनावसम्बन्धी ऐन संसोधनको आवश्यकता रहेको समेत प्रधानमन्त्रीलाई व्रिफिङ गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *