मुख्य समाचार

राती देशभर मौसम बदली हुने, मंगलबार समेत पानी पर्ने

काठमाडौं । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण राती देशभर बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।

राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *